राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नभई हुन्न भनेर अप्ठ्यारो पार्‍यो: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०७९ माघ १९ गते १८:२२ मा प्रकाशित

 काठमाण्डु,१९ माघ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नभई हुन्न भनेर अप्ठेरो पारेको बताएका छन ।

आज (बिहीबार) पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी समिति बैठकमा प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले अडानले सत्ता गठबन्धन अप्ठेरोमा परेको बताएका एक नेताले जानकारी दिएका छन ।

प्रचण्डको भनाइ उधृत गर्दै एक नेताले भने, ‘रास्वपाले गृहमन्त्री नभई हुन्न भनेर अप्ठ्यारो गरेको छ’, ‘रविलाई गृहमन्त्री दिन सकिने अबस्था छैन । ओलीको पनि दवाव छँदै छ ।

भोलिसम्म हेरौं ।’नागरिकता प्रकरणका कारण रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएका थिए । उनले नेपाली नागरिकता लिएपछि आफूलाई पुनः गृहमन्त्री बनाउनुपर्ने भन्दै दबाव दिइरहेका छन् ।

माओवादी केन्द्रका सचिव गणेश साहले राजनीतिक घटनाक्रमका कारण बैकठ एजेन्डामै प्रवेश नगरी भोलि तीन बजेसम्मलाई स्थगित भएको जानकारी दिएका छन ।

‘यो राजनीतिक विकास के हुन्छ, त्यो हेरेर भोलि तीन बजेसम्मलाई बैठक स्थगित गरिएको छ,’ साहले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us