धनगढीमा भारतबाट फर्किएका युवक होटलको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिए

काठमाण्डु टुडे २०७९ माघ १९ गते १७:२३ मा प्रकाशित

काठमाण्डु,१९ माघ– भारतबाट फर्किएका कैलालीका युवक होटलमा मृत अवस्थामा फेला परेका छन । आज (बिहीबार) बिहान भारतबाट फर्केका मोहन्याल गाउँपालिका–१ का ३९ वर्षीय प्रकाश घर्तीमगर धनगढी बसपार्कस्थित चन्द्रदीप मिलन बोगटान होटलमा फेला परेका हुन ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीका अनुसार प्रकाश होटलको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बताएका छन ।

भारतको रत्नागिरिबाट उनी बिहान ९ बजे होटलमा पुगेका थिए । शौचालयबाट धेरै बेरसम्म नफर्किएपछि उनीसँगै आएका बर्दगोरिया गाउँपालिका बौनियाका छत्रबहादुर चन्दले प्रहरीलाई खबर गरेका थिए ।

मृतककी श्रीमती गंगादेवी घर्तीमगरका अनुसार प्रकाश गत मंसिरमा कामको खोजीमा भारत गएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us