
काठमाण्डु,१९ माघ– काभ्रेको भकुन्डेमा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। बालिकाको मूत्यु भएपछि आक्रोशित भीडले बस नै जलाएका छन्।
अहिले बीपी राजमार्ग भएको प्रहरीले बताएको छ । प्रहरीले आगो नियन्त्रणमा लिएर राजमार्ग खुलाउने प्रयास थालेको छ ।
बीपी राजमार्गअन्तर्गत भुकेन्डेमा बा २ ख ७३४२ नम्बरको बसले ठक्कर दिँदा बालिकाको मूत्यु भएको थियो । बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान पनि अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले बताएको छ ।