कांग्रेसले बोलायो संसदीय कार्यसमितिको बैठक

काठमाण्डु टुडे २०७९ माघ १८ गते १८:०६ मा प्रकाशित

काठमाण्डु,१८ माघ– कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । राष्ट्रिय सभा उपाध्यक्षको चुनावबारे छलफल गर्न बिहीबार बिहान ९ बजेका लागि संसदीय कार्यसमितिको बैठक बोलाइएको संसदीए दलका मुख्य सचेतक रमेश लेखकले जानकारी दिएका छन ।

२३ माघमा बस्ने राष्ट्रिय सभा बैठकले उपाध्यक्ष चयन गर्दैछ । राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल ०७८ फागुन २० गते सकिएको थियो ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्षको निर्वाचनको मिति र समय नतोक्दा १ वर्षदेखि उक्त पद रिक्त थियो । सत्ता गठबन्धनबाट माओवादी केन्द्रले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी दिने छ । कांग्रेस उम्मेदवारी दिने नदिने भोलि बस्ने बैठकले टुंगो लगाउनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us