
काठमाण्डु,१८ माघ– नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेशका कुनैपनि संसद् बैठक चल्न नदिने बताएको छ । उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नगरेको भन्दै यस्तो निर्णय गरेको हो ।
आफ्ना मागमुद्दा सम्बोधन र टीकापुर घटनाका राजवन्दी रिहाइ नभएसम्म संघ र प्रदेश संसद्का कुनै पनि बैठक चल्न नदिइँदैन उन्मुक्ति पार्टीका एक नेताले बताएका छन उनले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन पनि फिर्ता गर्ने र सरकारबाट समेत बाहिरिने निर्णय गरेको बताएका छन ।
उनले यो निर्णय भोलिबाटै लागु हुने बताएका छन ।’ नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभामा ४ जना सांसद रहेका छन् ।