
काठमाण्डु,१८ माघ– प्रहरीले इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट पर्खाल फोडेर भागेका ६ जना मध्ये थप १ जना थुनुवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मिथिला नगरपालिका–२ का २५ वर्षीय हरिदीप सिंह रहेका छन । अहिलेसम्म पर्खाल फोडेर भागेका सिंहसहित ३ जना पक्राउ गरेको छ ।
यसअघि क्षीरेशवरनाथ नगरपालिका–२ का २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका– ६ का रोशनकुमार महतो पक्राउ गरेको थियो ।
अभद्र व्यवहार तथा शान्ति सुरक्षाविरुद्धको मुद्दाका हरिदीपलाई मङ्गलबार राति पक्राउ गरिएको प्रहरीले बताएको छ । यसअघि अमितलाई मङ्गलबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन ।
आइतबार राति इलाका प्रहरी कार्याललयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका छजना फरार भएका थिए । बाँकी तीन जनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।