
काठमाण्डु,१८ माघ– नेकपा (माओवादी केन्द्र)को पदाधिकारी र स्थायी समिति बैठक स्थगित भएको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले संसद बैठकका कारण पार्टीका बैठक स्थगित भएको जानकारी दिएका छन ।
नेताहरुको कार्यविभाजनबारे निर्णय गर्न बुधबार १२ बजे पदाधिकारी र १ बजे स्थायी समितिको बैठक बोलाइएको थियो । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै छ।
उपाध्यायले अब पदाधिकारी बैठक नबस्ने र स्थायी समितिको बैठक भने भोलि ११ बजे बस्ने जानकारी दिएका छन ।