भारतमा विवाह समारोह भइरहेका बेला आगलागी हुँदा १४ जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ माघ १८ गते १२:३९ मा प्रकाशित

एजेन्सी– भारतको झारखण्ड राज्यमा मङ्गलबार आगलागीमा परेर कम्तीमा पनि १४ जनाको मूत्यु भएको छ । समाचारअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो ।

त्यसमा परेर १४ जनाको मूत्यु भएको छ भने अरु केही घाइते भएका बताइएको छ । जलेर मृत्यु हुनेमा १० जना महिला र चार बालबालिका रहेका छन । पूर्वी झारखण्डको दानबादमा भएको सो आगलागीमा परेर दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् ।

आगलागी के कति कारणले भएको हो भन्ने बारेमा अुनसन्धान सुरु भएको प्रहरीले बताएको छ । आगो लागेको क्षेत्रमा सो घरका व्यक्ति च्यापिएर रहेका छन् कि भनेर खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us