आफ्नै आमाको हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाण्डु टुडे २०७९ माघ १७ गते १७:३४ मा प्रकाशित

काठमाण्डु ,१७ माघ- कैलालीमा आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहररीले एक जना पक्राउ गरेको छ।

प्क्राउ पर्नेमा लम्कीचुहा नगरपालिका-६ बगमारा बस्ने ४० वर्षीय श्रीराम थारु रहेका छनर थारुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । उनले आफनै ७१ वर्षीया आमा लगनी थरुनीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

श्रीरामले बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएकी लगानीको नवजीवन अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको बतायको छ। उनलाइ इलाका प्रहरी कार्यालय लम्की कैलालीबाट खटिएको प्रहरीले उनलाई सोही ठाउँस्थित देउराली सामुदायिक वनबाट फेला पारी पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us