बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ माघ १७ गते १२:२३ मा प्रकाशित

काठमाण्डु ,१७ माघ- बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भयको छ।

मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–२ का ५६ वर्षीय भागिराम थारु रहेका छन। गएराति १० बजे बर्दियाको बाँसगढी नगरपालिका–५ मा भे ४ प ५१७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिंदा चालकको मृत्युभयको हो।

दुर्घटनामा गम्भीर घाइते भएका थारुको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us