नेपाली युवती बलात्कार गर्ने दुई भारतीय पक्राउ

काठमाण्डु टुडे २०७९ माघ १६ गते १७:५४ मा प्रकाशित

विराटनगर, १६ माघ– नेपाली युवती बलात्कार गर्ने दुई भारतीय पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतीय नागरिक ४० वर्षीय बाबु साहब र मोहम्मद जाहगिर रहेको मोरङ प्रहरीले जनाएको छ । बलात्कृत २७ वर्षीया महिला र उनकी नाबालिग छोरीलाई बलात्कारपछि भारत लैजाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए ।

पक्राउ परेका दुवैविरुद्ध मोरङ जिल्ला अदालतबाट म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा कारबाही अघि बढाइएको उनले जानकारी दिए ।

जागिर खोज्दै हिंडेकी ती महिलालाई गत माघ १२ मा विराटनगरको रोडशेष चोकस्थित एक होटलमा बलात्कार गरेका थिए । दुःख पाएकी महिला भएको पहिचान गरी उनीहरुले भारतमा जागिर लगाइदिने भन्दै बलात्कार गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us