रवि लामिछाने पुनः राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति

काठमाण्डु टुडे २०७९ माघ १५ गते १७:१४ मा प्रकाशित

काठमाण्डु,१५ माघ– रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी दिएको छ ।

आज (आइतबार) लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको एक नेताले बताएका छन ।

रविले आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us