
काठमाण्डु ,११ माघ- मंगलबार नयाँबानेश्वर स्थीत संसद भवन अगाडि आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यलाई सहिद घोषणा गर्न आचार्य बन्धु समाज–नेपालले माग गरेको छ ।आचार्य बन्धु समाजका महासचिव बाबुराम आचार्यले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ समाजका सचेत र शिक्षित नागरिकसमेत भएकाले केही उनले मानेका अग्रजलाई भेटेर आफ्नो र देशको समस्या समाधान गर्ने उपाय खोज्ने प्रयास गर्दा त्यो समेत असफल भएपछि बुधबार देशको केन्द्रीय राजानी काठमाण्डु नयाँबानेश्वरमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मादह प्रयास गरेका प्रेम आचार्यको आज निधन भएपछि तत्काल सहीद घोषणा गर्नुपर्ने आचार्य समाज माग गर्दछ’, ‘देशका लागि बलिदानी दिएका हजारौं सहीदभन्दा प्रेम आचार्यको योगदान कमी छैन ।विज्ञप्तिमा उल्लेख छ।
यस्तै आचार्य समाजले मृतकका परिवारलाई रुपैयाँ एक लाख सहयोग गर्ने निर्णय गरेको पनि जनाएको छ ।भने आचार्यको परिवारमा आएको सबै ऋण राज्यले तिरिदिनुपर्ने, छोराछोरीलाई आजीबन पढाईदिनुपर्ने माग विज्ञप्तिमा उल्लेख गरेको छ।