बालाजुस्थित एक गेष्ट हाउसमा सेना जवान मृत फेला

काठमाण्डु टुडे २०७९ माघ १० गते १७:५३ मा प्रकाशित

काठमाण्डु ,१० माघ -काठमाण्डुको बालाजु बालाजुस्थित एक गेष्ट हाउसमा सेनाको जवान मृत अवस्थामा भेटिएका छन् ।ु

नेपाली सेनामा कार्यरत २५ वर्षीय विनय कार्की मृत अवस्थामा फेला परेका हुन। कार्की बालाजुस्थित रसुवा गंगाजल गेष्ट हाउसमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरी परिसर काठमाण्डु प्रहरी परिसरका एसपी दिनेराज मैनाली बताए ।

घटनाको कारण नखुलेको मैनाली बताए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरीरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us