

काठमाण्डु १० माघ मंगलबार बाजुराको हिमाली गाउँपालिकाको मैला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गौमुल गाउँपालिका९२ मा अन्दाजी ३५ वर्षीया जमुना रोकाय रहेका छन। रोकायको जमिन हल्लेर ढुंगा लाग्दा घटनास्थलमै मृत्यु भएको बतायको छ। यस्तै, गौमुल गाउँपालिका-१ अम्लिसमा भूकम्पले गोठ भत्किँदा सोही ठाउँका भेडा गोठाला रामदत्त रोकाय घाइते भएका छन्।
उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। भने गोठ भत्किँदा उनका ४० भेडा पुरिएका छन्। भूकम्पका कारण सुदूरपश्चिमका विभिन्न जिल्लामा भौतिक क्षति भएको छ।बाजुरा, बझाङ, अछामलगायत जिल्लामा केही घर भत्किएका छन् भने दर्जनौं घर चर्किएका छन्।
मंगलबार बाजुराको हिमाली गाउँपालिकाको मैला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर दिउँसो २ बजेर ४३ मिनेटमा ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो।