
काठमाण्डु, १० माघ- झापाको एभरेष्ट चिया बगानमा एक जना युवक र एक जना युवती मृत फेला परेका छन् ।
उनीहरू आज बिहान कचनकवल गाउँपालिका ४ केचनामा स्थति चिया बगानमा मृत भेटिएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको बतायको छ।
जिल्ला प्रहरी कार्यालय झपाका प्रवक्ता डिएसपी बसन्त पाठकका अनुसार युवक अन्दाजी २५ र युवती १८ वर्षकी छन् । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।