उपसभामुख इन्दिरा राना मगरले लिइन् पद तथा गोपनीयताको शपथ

काठमाण्डु टुडे २०७९ माघ ९ गते १८:४८ मा प्रकाशित

काठमाण्डु,९ माघ– उपसभामुख इन्दिरा राना मगरले पद तथा गोपनीयताको शपथ लिएकी छन् । आज (सोमबार) राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच सभामुख देवराज घिमिरेले उनलाई शपथ गराएका हुन् ।

रानाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ९ को अनुसूची २ बमोजिम उपसभामुख पदको शपथ लिनुभएको राष्ट्रपति कार्यालय शीतल निवासले जानकारी दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी रानामगर उसभामुखमा निर्वाचित भएकी थिइन् । उपसभामुखमा निर्वाचित भएपछि राना पार्टीबाट अलग भएकी छन ।

शपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थिति रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us