नेपाल एयरलाइन्सका ३ जना पाइलटलाई कारबाही गर्न निर्देशन

काठमाण्डु टुडे २०७९ माघ ९ गते १७:१५ मा प्रकाशित

काठमाण्डु,९ माघ– नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका ३ जना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ ।

नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा त्यहाँको एटीसीको इन्स्ट्रक्सन नमानेपछि पाइलटलाई निलम्बन गर्न प्राधिकरणले यस्तो निर्देशन दिएको छ ।

प्राधिकरणको निर्देशनसँगै निगमले ३ जना पाइलटलाई निलम्बन गर्नुपर्छ । त्यसपछि, प्राधिकरणले ती पाइलटहरुलाई बोलाएर सोधपुछ गरेपछि निलम्बन लम्ब्याउने वा नलम्ब्याउने विषयमा निर्णय हुने प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन ।

प्राधिकरणले पाइलटहरु उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मालाई कारबाहीको निर्देशन दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us