स्पेनमा प्रधानमन्त्रीको राजीनामा माग गर्दै वृहत प्रदर्शन

काठमाण्डु टुडे २०७९ माघ ८ गते १५:२४ मा प्रकाशित

एजेन्सी– स्पेनको राजधानी म्याड्रिडमा शनिबार प्रधानमन्त्री पेड्रो सान्चेजको वामपन्थी सरकारविरुद्ध प्रदर्शनकारीहरूले वृहत प्रदर्शन भएको छ । चरम दक्षिणपन्थी पार्टी भोक्सले समर्थन गरेको हजारौं मानिस भेला भएका थिए।

स्पेनमा चुनाव हुन लागेको वर्षमा सरकार विरोधी प्रदर्शन चर्किएको हो । प्रदर्शनको क्रममा प्रदर्शनकारीहरूले पहेँलो र रातो स्पेनी झण्डा फहराउँदै प्रधानमन्त्री सान्चेजलाई राजीनामा माग गरेका छन ।

कतिपयले समाजवादी प्रधानमन्त्रीको तस्बिरसहित उनलाई ‘देशद्रोही’ भएको बताएका छन । र्यालीका लागि म्याड्रिडको सिबेलेस स्क्वायरमा करिब ३० हजार मानिस भेला भएको केन्द्रीय सरकारको प्रतिनिधिमण्डलले बताएको छ । आयोजकहरूले प्रदर्शनमा करिब ७ लाख मानिसहरूले भाग लिएको दाबी गरेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us