पार्टी नेतृत्वकै कारण कांग्रेस लथालिङ्ग र अस्तव्यस्त भयो: केसी

काठमाण्डु टुडे २०७९ माघ ८ गते १२:४३ मा प्रकाशित

काठमाण्डु,८ माघ– कांग्रेसका नेता जगदीश्वर नरसिंह केसीले पार्टी नेतृत्वकै कारण कांग्रेस लथालिङ्ग र अस्तव्यस्त भएको बताएका छन् ।

आज (आइतबार) बिहान बसेको शेखर कोइराला समूहको बैठकमा धारणा राख्दै नेता केसीले यस्तो बताएका हुन । उनले देशको एक नम्बर राष्ट्रिय शक्तिको रुपमा स्थापित पार्टी नेतृत्वकै कारणले लथालिङ्ग र अस्तव्यस्त अवस्थामा पुगेको बताएका छन् ।

नेतृत्वले विधान र लोकतन्त्र विपरीतका हर्कत गर्दा इमानदार नेता तथा कार्यकर्तामा यातनामय अनुभव भइरहेको उनले बताएका छन ।

उनले भने, ‘आफ्नो नेतृत्वको पार्टीलाई अस्तव्यस्त बनाएर सिद्धान्तहिन गठबन्धन र अपारदर्शी साँठगाँठ वा सौदावाजीले नेपाली कांग्रेसलाई स्खलित, कमजोर र रुग्ण बनाइएको छ’ ‘जनताले कांग्रेसलाई संसदको सर्वाधिक ठूलो पार्टी बनाईदिएका छन् । तर नेतृत्वको नालायकीपनले गर्दा सत्ताप्राप्तिका सम्भावना र कारण हामीबाट अन्यत्र पुगेको दुरावस्था छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us