जडीबुटी मिसाएको खाजा खादा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ माघ ८ गते १२:१६ मा प्रकाशित

जुम्ला,८ माघ– जुम्लामा जडीबुटी मिसाएको खाजा खादा एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा जुम्ला चन्दननाथ नगरपालिका–८ का ३५ वर्षीय दीपक रोकाया रहेका छन ।

यस्तै उक्त जडीबुटी मिसाएको खाजा खादा तनि जना बिरामी भएका छन् । चन्दननाथ नगरपालिका९८ रोकायावाडामा खाजा खाने क्रममा बिरामी भएका चार जनामध्ये रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले बताएको छ ।

प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार चन्दननाथ ८ का तिल धरालाको घरमा बनाउने क्रममा खाजा खादा बिरामी भई अस्पताल आएकामध्ये दीपक रोकायाको मृत्यु भएको र ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टंक रोकाया, ३० वर्षीय पारस धराला बीरामी भएका छन् ।

बिरामीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा उपचार भईरहेको प्रहरीले बताएको छ । शनिबार दिउँसो तीन बजे चाउचाउ र सिमीको खाजामा गुन्नाइनु नामको जडीबुटी हालेर खाएको पाइएको प्रहरीले जनाएको छ ।

खाजा खाएपछि बिरामी भएका उनीहरूलाई उद्धार गरी प्रतिष्ठानमा पुर्‍याइएको थियो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us