शेखर पक्षको प्रश्न: संसदीय दलमा हाम्रो उम्मेदवारले समूहकै मत पाएनन् किन?

काठमाण्डु टुडे २०७९ माघ ८ गते ११:४८ मा प्रकाशित

काठमाण्डु,८ माघ– कांग्रेसको शेखर कोइराला पक्षको बैठकमा नेताहरुले संसदीय दलमा आफ्नो समूहको मत आफ्नै समूह नसक्नुको कारण खोजेका छन् ।

संसदीय दलको नेताको चुनावमा आफ्नो समूहका उम्मेदवा कांग्रेसं महामन्त्री गगन थापाले समूहकै मत पनि नपाएको विषय उठाउँदै नेताहरूले त्यसको कारण खोजेका छन ।

बैठकमा सहभागी भएका एक नेताले प्रश्न गरे, ‘टिममा भोट त आउनुपर्ने हो । कि टिम भन्दै हिँड्नु भएन । टिमको नेता क्लियर हुनुपर्छ ।

अन्तिम समयसम्म हाम्रो टिमको उम्मेदवार किन चयन गर्न सकेनौं ? उक्त चुनावमा उम्मेदवार भएका पार्टी गगन थापाले आफ्नो समूहका सांसदभन्दा कम मत पाएका थिए ।

६ पुसमा भएको चुनावमा सभापति देउवा ६४ मतका साथ संसदीय दलको नेता चुनिदा गगन थापाले जम्मा २५ मत मात्रै पाएका थिए । जबकि कोइराला समूहको मत ३१ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us