के उपप्रधानमन्त्रीको झुण्डले देशमा सुशासन ल्याउँछ ?

काठमाण्डु टुडे २०७९ माघ ७ गते १७:५२ मा प्रकाशित

काठमाण्डु, ७ माघ– स्वतन्त्र सांसद प्रभु साहले वर्तमान मन्त्रिपरिषदमा उपप्रधानमन्त्रीको संख्या धेरै भएकामा आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै साहले उपप्रधानमन्त्री धेरै भएकामा असन्तुष्टि जनाए । उपप्रधानमन्त्री धेरै बनाउनुको कारणबारे समेत साहले प्रश्न गरे । उपप्रधानमन्त्रीहरुको झुण्डले देशमा सुशासन कसरी आउँछ भन्ने प्रश्नसमेत साहले गरे ।

‘अहिले बनेका उपप्रधानमन्त्रीज्यूहरू यति जरूरी थियो नेपालमा ? के आवश्यकताकै कोणमा यति उपप्रधानमन्त्री बनेको हो ? उपप्रधानमन्त्रीको झुन्डले देशमा सुशासन ल्याउँछ ? के नेपाली जनतालाई उत्साही बनाउँछ ?’ साहले प्रश्न गरे ।

साहले आवश्यकताका आधारमा नभई कसैलाई खुसी पार्न उपप्रधानमन्त्री बनाइएको टिप्पणी साहले गरे ।

‘हामी आवश्यकताको आधारमा पद सृष्टि गर्छौं कि व्यक्तिलाई खुसी बनाउन पद सृष्टी गर्छौं ? लामो समयदेखि हामी भागबन्डाको राजनीति हेरिरहेका छौं । यो भागबन्डाको राजनीतिले देशलाई सुशासनको दिशामा लान्छ ? साहले प्रश्न गरे, ‘भागबन्डाको राजनीतिले व्यक्तिलाई खुसी बनाउने राजनीतिले के देशलाई समृद्धिको दिशामा लान्छ ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us