आज उपसभामुख चयनका लागि निर्वाचन

काठमाण्डु टुडे २०७९ माघ ७ गते ८:१९ मा प्रकाशित

काठमाण्डु, ७ माघ– प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज मतदान हुँदैछ ।

उपसभामुख चयनका लागि अपराह्न १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ । उपसभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा रानामगर र कांग्रेसकी मुक्ताकुमारी यादवले शुक्रबार उम्मेदवारी दर्ता दर्ता गराएका थिए । रानामगरलाई सत्तारुढ गठबन्धनको समर्थन छ ।

मुक्ताकुमारीलाई काँग्रेस, एकीकृत समाजवादी, लोसपा, राष्ट्रिय जनमोर्चा र नेमकिपाको समर्थन छ । सत्तारुढ गठबन्धनको बहुमत रहेकाले रानामगर उपसभामुख निर्वाचित हुने निश्चितजस्तै छ । एमालेका एमालेका देवराज घिमिरे यसअघि बिहीबार सभामुख चयन भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us