नेपालले माग्यो भारतसँग थप हवाई मार्ग

काठमाण्डु टुडे २०७९ माघ ६ गते १८:२१ मा प्रकाशित

काठमाण्डु,६ माघ– नेपालले भारतसँग थप हवाई मार्ग माग गरेको छ । शुक्रबार नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसँग भएको भेटघाटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सो आग्रह गरेका हुन् ।

भेटवार्तामा सिमरामा रहेको नेपालको एक मात्र हवाई मार्गको अधिक चाप बढेकोले थप हवाई प्रवेश मार्गका लागि अनुरोध गरिएको मन्त्री किरातीले बताएका छन ।

उनले विषयमा राजदूत श्रीवास्तव सकारात्मक रहेको बताएका छन । उनले भने, ‘सिमरामा रहेको नेपालको एक मात्र हवाई मार्गको अधिक चाप बढेको छ ।

त्यसैले थप हवाई प्रवेश मार्गका लागि अनुरोध महामहिम समक्ष गरियो । महामहिम श्रीवास्तवले नेपाली जनता र नेपालको हितमा भारत सरकार सधैं सकारात्मक हुने बताएका छन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us