जापानको मुद्रास्फीति दर ४१ वर्षपछि उच्च विन्दुमा

काठमाण्डु टुडे २०७९ माघ ६ गते १७:४४ मा प्रकाशित

एजेन्सी– ४१ वर्षपछि जापानको मुद्रास्फीति दर उच्च विन्दुमा पुगेको छ । बढ्दो बजार मूल्यले जापानीहरूको जीवनयापनको लागत पनि बढाएको छ ।

उपभोक्ता मूल्य अघिल्लो वर्षको तुलनामा यो वर्ष चार प्रतिशतले बढेको केन्द्रीय बैकले जानकारी दिएको छ । जीवनयापनको बढ्दो लागत कम गर्न ब्याज दर बढाउने केन्द्रीय बैकलाई दबाब समेत परेको छ ।

खाद्यान्नदेखि इन्धनसम्मका सबै उपभोग्य वस्तुको बढ्दो लागतको बाबजुद ब्याज दर नबढाउने घोषणा गरेर ब्याङ्क अफ जापानले लगानीकर्ताहरूलाई चकित पारेको छ ।

केही समयदेखि उपभोक्ता मूल्यभन्दा उत्पादन मूल्य तीव्र गतिमा बढ्दै गएको छ । शुक्रबार जारी गरिएको आधिकारिक तथ्याङ्क अनुसार मुद्रास्फीति सन् १९८१ यताकै उच्च विन्दुमा पुगेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us