दक्षिण कोरियाको एक बस्तीमा भीषण आगलागी

काठमाण्डु टुडे २०७९ माघ ६ गते १७:३३ मा प्रकाशित

एजेन्सी– दक्षिण कोरियाको राजधानी सियोलको एक बस्तीमा आगलागी भएको छ । आगलागी भएपछि सयौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

गुर्योङ गाउँमा शुक्रबार बिहान भएको आगलागीमा ६० भन्दा बढी घर जलेर नष्ट भएका छन् । दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार यस क्षेत्रका घरहरू एक अर्कासँग जोडिएका छन् ।

आगो निभाउन ९ सय दमकलकर्मी र सात हेलिकप्टरको प्रयोग गरीएको छ । आगलागीको कारण खुल्न नसकेको भएपनि यो क्षेत्र आगलागी र बाढीको जोखिममा रहेको मानिन्छ ।

कयगतज पयचभबद्दयहाँका घरहरू कार्डबोर्ड र काठले बनेका छन् । कोरिया टाइम्सका अनुसार गुर्योङ गाउँमा सन् २००९ यता १६ पटक आगो लागेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us