९ वर्षका बालकको हत्या आरोपमा काकासहित २ पक्राउ

काठमाण्डु टुडे २०७९ माघ ६ गते १७:१६ मा प्रकाशित

काठमाण्डु,६ माघ– प्रहरीले रौतहटबाट ९ वर्षीय बालकको हत्या गरेर शव नदीमा फालेको आरोपमा प्रहरीले २ जनालाई गरेको छ । पक्राउ पर्नेमा रौतहटको माधवनारायण नगरपालिका ८ पिपरा रजवाडाकाजयराम महतो कोइरी र सोही स्थानका सञ्जय राम रहेका छन ।

९ वर्षिय बालक आशनारायण प्रसाद कुशवाहाको हत्या गरेको आरोपमा प्रहरीले उनका काका कोइरी र रामलाई पक्राउ गरीएको प्रहरीले बताएको छ ।

जग्गा सम्बन्धी पुरानो रिसवी र सधैंको झगडाका कारण काका जयरामले भतिजा आशनारायणको हत्या गरेको प्रहरीले बताएको छ । १५ मंसिरमा घरबाट हराएका आशनारायणको शव पुस १ गते माधवनारायण नगरपालिका ८ स्थित बागमती नदीमा फेला परेको थियो ।

२५ गते घर बाहिर खेलिरहेका आशनारायणलाई काका जयराम महतो र उनका सहयोगी सञ्जय रामले मुख थुनेर नजिकै रहेको छाप्रोमा लगेर कपडाले हातखुट्टा बाँधेर हत्या गरेका प्रहरीले बताएको छ ।

उनीहरुले बालकको हत्यामा प्रयोग गरेका कपडा, बोरा लगायतका सामग्री समेत प्रहरीले फेला पारेको छ । पक्राउ परेका दुवैजनालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत गौरबाट म्याद थप गरी कानूनी कारबाही अगाडी बढाएको प्रहरी बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us