
काठमाण्डु,६ माघ– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्रप्त गरेका छन । शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई चार दलका २५ सांसदले विश्वासको मत दिएका छन ।
नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एमाले)का ९, राप्रपा, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र (देवराज शाही) एक÷एकजना सांसदले शर्माको पक्षमा मत हालेका छन् ।
नेपाली कांग्रेसका १४ जना सांसदले विपक्षमा मतदान गरेका छन् । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य राजकुमार शर्मालाई प्रदेश प्रमुख तिलक परियारले २७ पुसमा मुख्यमन्त्रीमा नियूक्त गरेका थिए ।
शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री हुन् । कर्णाली सरकारको नेतृत्व ५ वर्ष नै माओवादीले गर्ने केन्द्रीय सहमति भएको थियो । तर सत्ता गठबन्धनबीच केन्द्रमा भएको सहमति सच्याउँदै कर्णालीमा एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका छन् । शर्मा ४ मंसिरमा भएको निर्वाचनमा रुकुम पश्चिम –२ बाट निर्वाचि भएका थिए ।