आगो ताप्ने क्रममा जलेर तीन जना घाइते

काठमाण्डु टुडे २०७९ माघ ६ गते १६:३३ मा प्रकाशित

 काठमाण्डु,६ माघ– रौतहटमा आगो ताप्ने क्रममा जलेर तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा जिल्लाको दुर्गा भगवती गाउँपालिका मत्सरीका अजय दाशकी २० वर्षीय श्रीमती रमिता दास, ४ महिने छोरी सन्ध्या दास र अजयका भाइ विजय दास रहेका छन् ।

शुक्रबार विहीन दुई आमाछोरी र आफन्त जेलेर घाइते भएको प्रहरीले बताएको छ । घाइते तीन जनाको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us