
काठमाण्डु,६ माघ– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उपमहासचिव पुन ललितपुरको सुमेरु अस्पताल भर्ना भएका थिए ।
एक साताको उपचारपछि स्वास्थ्यमा सुधार आएसँगै पुन शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका हुन् । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि रोल्पाबाट हेलिकप्टरमार्फत ल्याएर उनलाई अस्पताल भर्ना गरिएको थियो ।
लामो समयदेखि जन्डिसजन्य रोगबाट पुन पीडित छन् । जन्डिस रोगबाट पीडित पुन केही समयअघि मात्र चीनमा उपचार गराएर फर्किएका थिए । अस्पतालबाट डिस्चार्च भए पनि चिकित्सकले उनलाई कलेजो प्रत्यारोपणको सल्लाह दिएका छन् ।