
काठमाण्डु,६ माघ– प्रहरीले दाङको घोराही उपमहानगरपालिका–१४ स्थित ग्लोबल ओरियन्टस् नेपाल प्राइभेट लिमिटेडको अनलाइन सपिङ कार्यालयमा चोरी भएको घटनामा संलग्न रहेको आरोपमा एक जानलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमाद घोराही उपमहानगरपालिका–३ गोग्ली घर भई सोही उपमहानगरपालिका–१५ आईरनगेट नजिक डेरा गरी बस्ने १९ वर्षीय रेशम चौधरी रहेका छन । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
उक्त कार्यालयमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले चोरीमा संलग्न सोही लिमिटेडमा कार्यरत कर्मचारी चौधरीलाई नगद १ लाख ८८ हजार रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।