सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिराले गराइन् उपसभामुखमा उम्मेदवारी दर्ता

काठमाण्डु टुडे २०७९ माघ ६ गते १४:०७ मा प्रकाशित

काठमाण्डु,६ माघ– सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी संसद इन्दिरा राना मगरले प्रतिनिधि सभाको उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

आज बिहान बसेको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

उनलाई उपसभामुखमा रास्वपाका सोविता गौतमले प्रस्ताव गरेकी हुन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us