संसदलाई मर्यादित र प्रभावकारी बनाउन भूमिका खेल्छु: देवराज घिमिरे

काठमाण्डु टुडे २०७९ माघ ६ गते १३:१० मा प्रकाशित

काठमाण्डु,६ माघ– प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले संसदलाई अझ मर्यादित र प्रभावकारी बनाउन भूमिका खेल्ने बताएका छन ।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रक्रिक्रिया दिँदै उनले यस्तो बताएका हुन । बिहीबार सभामुखमा निर्वाचित भएका घिमिरेले शुक्रबार सिंहदरबारमा पदभार ग्रहण गरेका छन् ।

उनले नवनिर्वाचित सांसदहरुका लागि संसदीय प्रक्रिया र कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिने निर्णयमा हस्ताक्षर समेत गरेका छन । घिमिरेले संसदलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन ।

उनले भने, ‘नेपाली जनताको प्रतिनिधि संस्थालाई अझ बढी व्यवस्थित, क्रियाशिल र अझ बढी मर्यादित बनाउन सबैको प्रत्यन हुनेछ । यसको नेतृत्व गर्ने जिम्मेवारी मैले पाएको छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us