
काठमाण्डु,६ माघ– प्रतिनिभि सभाका सभामुख देवराज घिमिरेले शपथ लिएका छन् । आज शुक्रबार राष्ट्रपति कार्यालाय शीतल निवासमा आयोजित समारोहमा सभामुख घिमिरेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन् ।
शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्वबाहक प्रधानन्यायाधीक हरिकृष्ण कार्कीलगायतका उच्च पदस्थ व्यक्तिहरुको सहभागी थिए । एमालेका घिमिरे सभामुख चयन भएका थिए ।
शपथ अघि नै उनले पार्टी सदस्यता त्यागेको घोषणा गरेका छन् ।संसदमा निष्पक्ष भूमिका निर्वाह गर्नु पर्ने भएकाले सभामुख हुने व्यक्ति राजनीतिक जिम्मेवारीमा नरहने प्रचलन रहेको छ ।