
काठमाण्डु,६ माघ– मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै गरेको विमान काठमाण्डुमा अवतरण गर्न नसकी फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान भारतको कोलकाता पुगेको छ ।
नेपाल एयरलाइन्सको आरए–४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर अहिले कोलकातामा अवतरण गरेको छ ।
खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान कोलकाता पुगेर अवतरण गरेको हो । यसैबीच बाँकेको नेपालगन्जबाट काठमाण्डुका लागि उडेको श्री एयरको विमान पनि झापामा अवतरण भएको छ ।
काठमाण्डु विमानस्थलमा भिजिबिलिटी कम भएका कारण श्री एयरको ४४० विमानलाई झापा डाइभर्ट गरिएको हो ।