
काठमाण्डु,५ माघ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिमा राष्ट्रिय सहमति भए राम्रो हुने बताएका छन ।
आज (बिहीबार) संसद भवन बाहिर सञ्चारकर्मीले सोधेको प्रचण्डले सत्ता साझेदार दल र आफ्नोतर्फबाट पनि सहमतिको प्रयास भइरहेको बताएका छन ।
उनले भने, ‘राष्ट्रपतिका लागि समय बाँकी छ । हामी सत्ता साझेदार दल र मैले पनि सकेसम्म कुनै एउटा समझदारी बन्दिए हुन्थ्यो भन्नेतिर कोशिस छ । हामी त्यो कोशिस जारी राख्छौ’ ।