एमालेले राष्ट्रपतिमा उम्म्मेदवार उठाउँछ, त्यसमा राष्ट्रिय सहमतिमा हुनुपर्छ: केपी ओली

काठमाण्डु टुडे २०७९ माघ ५ गते १७:२४ मा प्रकाशित

काठमाण्डु,५ माघ– एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवार उठाउने बताएका छन् । संसद बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन ।

उनले सत्ता साझेदार दलहरुबीच भएको सहमति पनि त्यही भएको बताएका छन । संसद बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रधानमन्त्रीको प्रस्तावबारे प्रश्न गरेका थिए ।

जवाफमा उनले भने, ‘राष्ट्रिय सहमतिमा हुनुपर्छ, एमालेले उम्म्मेदवार उठाउँछ, हाम्रो सहमति त्यही हो । त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ ।’ कांग्रेसले त गठबन्धन भत्काउँछौं, हाम्रो उम्मेदवार राष्ट्रपति हुन्छ भनेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘ठीकै छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us