
काठमाण्डु,५ माघ– कांग्रेस सांसद प्रदीप पौडेलले राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिने बताएका छन । आज बिहीबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन ।
उनले निर्वाचनमा गइसकेपछि समर्थन लिने कोसिस हुने कुरा स्वाभाविक भएको बताएका छन । उनले भने, ‘अहिले एउटा घोषित गठबन्धन एउटा ढंगको भइरहेको छ ।
त्यो गठबन्धन कायम रहिरहेको अवस्थामा हामीले हाम्रा उम्मेदवारलाई जिताउने अवस्था नहुन सक्छ । हामीले नयाँ सिराबाट समर्थन खोज्न प्रयास गर्ने कुरा स्वाभाविक हो ,’ उनले भने ।
तर नयाँ समर्थन प्राप्त गर्ने सुनिश्चित भई नसकेको पौडले बताएका छन । ‘नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ । आजसम्मको परिस्थिति हेर्दा सहमति हुने सम्भावना देखिँदैन ।
तर राष्ट्रपतिमा आफ्नो उम्मेदवार जिताउनका निम्ति समर्थन जुटाउने प्रयास चाही आजैदेखि गर्छौ,’ उनले भने ।