एमाले सांसद कोइरीलाई संसदमा देख्न बुझ्न गाह्रो भयो: रवि लामिछाने

काठमाण्डु टुडे २०७९ माघ ५ गते १६:१८ मा प्रकाशित

काठमाण्डु,५ माघ– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राज्यका निकाय निरीह बनाइएकाले परिणाम हात पार्न समय लाग्ने देखिएको बताएका छन ।

संघीय संसद् भवनमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन । उनले अहिले दिएको निर्देशनले केही समयपछि परिणाम दिने बताएका छन ।

हत्याका आरोपी एमाले सांसद लक्ष्मी कोइरीलाई किन पक्राउ नगरिएको भन्ने प्रश्नमा उनले भने , ‘कोही लुकेका छन्, हराएका छन् भने पनि कोही बाँकी रहँदैनन् । संसदमा देख्न बुझ्न गाह्रो भए पनि प्रहरी प्रशासनले काम गरिरहेको छ ।

चाँडै थाहा पाउनुहुन्छ । उनले श्रममन्त्री डोलप्रसाद अर्यालको पनि बचाउ गरेका छन् । उनले भने, ‘ उहाँको कहाँ संलग्नता छ । मलाई देखाइ दिनुस् न । उहाँ कुन म्यनपारवमा संलग्न हुनुहुन्छ मलाई त थाहा छैन ।

उहाँले आफैले पनि प्रष्ट पारिसक्नु भएको छ ।’ मन्त्री अर्यालको म्यनपार कम्पनीमा संलग्नता भेटिएर कारबाही गर्ने उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us