प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदा ओलीलाई दुःख लाग्यो: विमलेन्द्र निधि

काठमाण्डु टुडे २०७९ माघ ५ गते १५:०८ मा प्रकाशित

काठमाण्डु,५ माघ– कांग्रेसका सांसद विमलेन्द्र निधिले आफूहरुले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकोमा एमाले खुसी नभएको बताएका छन ।

सभामुखको निर्वाचनका क्रममा भएको छलफलमा भाग लिँदै कांग्रेस पूर्व उपसभापति समेत रहेका निधिले यस्तो बताएका हुन । उनले प्रतिनिधिसभा फेरि विघटन हुने हो कि चिन्ता लागेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताएका छन ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बलयगाढामा चढेर अमेरिका पुगिदैन, संघीय प्रणाली बाध्यताले स्वीकार गरेको जस्ता टिप्पणी गरेको स्मरण गर्दै उनले भने, ‘संघीयता, गणतन्त्र त खतरामा पर्ने होइन ?’

त्यस्तो नहोस् भनेर आफूहरुले विश्वासको मत दिएको, तर एमालेलाई चिन्ता लागेको उनले बताएका छन । सांसद निधिले अघि भने, ‘आफूले प्रस्ताव गरेको प्रधानमन्त्रीलाई विपक्षीले मत दिँदा त खुसी व्यक्त गर्नु पर्ने हो, उहाँलाई दुःख लागेको छ । के भएको यो ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us