
काठमाण्डु,५ माघ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सभामुखमा नेपाली कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेलाई समर्थन गर्ने बताएका छन् ।
सो पार्टीका एकमात्र सांसद चित्रबहादुर केसीले बिहीबार सभामुखको उम्मेदवारमाथि प्रतिनिधिसभामा जारी छलफलमा भाग लिँदै अहिले पनि प्रतिगमन नसच्चिएको बताउँदै न्यौपानेको पक्षमा मतदान गर्ने बताएका छन ।
उनले नयाँ सरकार गठनका बेला धेरै नाटक देखिएको पनि बताएका छन । उनले पहिला भन्दा यसपटको संसद र सरकार बनेको प्रक्रियाले झन अप्ठेरो अवस्थामा पुगेको भन्दै लोकतन्त्र नभएको बताएका छन ।
उनले भने, ‘निर्वाचनका बेला लोकतन्त्र संस्थागत गर्न सकेनौ, बेकम्मा भयौं, गणतन्त्रका लागि लडेका, पञ्चायतविरोधी लडेका हामी निकम्मा भयौ भनेर हल्ला चलेको थियो र नयाँ आउनुपर्छ भनिएको थियो ।
तर नयाँको स्थिति पनि देखियो’, उनले भने, ‘राष्ट्रिय जनमोर्चा अहिले पनि प्रतिगमन सच्च्यिो भन्ने पक्षमा छैन ।’ उनले कांग्रेस किन प्रतिपक्षमा बस्न सकेन भन्दै प्रश्न समेत गरे ।
‘तर जे भएपनि छातिमा मुड्की हानेर भएपनि इश्वरी न्यौपानेलाई सभामुखमा समर्थन गर्छ । ’