
काठमाण्डु, ५ माघ- काठमाण्डुमा एक जना युवाले आफैंमाथि पेट्रोल छर्किएर आगो लगाएका छन्।
अन्दाजी ३० वर्षका विशान लामिछानेले आफैंमाथि आगो लगाएका हुन्। लामिछानेले बिहीबार पौने १२ बजे तिर काठमाण्डु महानगरपालिका-११ सुन्धारास्थित सिभिल मलको भुइँ तलामा आफैंमाथि पेट्रोल छर्किएर आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
उनले आगो लगाउँदै गरेको अवस्थामा प्रहरीको टोलीले फेला पारी उनको उद्धार गरेको थीयो। उनको अहीले राष्ट्रिय ट्रमा सेन्टर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान प्रहरी वृत्त जनसेवाबाट भइरहेको छ।