प्रधानमन्त्री प्रचण्ड र रामचन्द्र पौडेलबीच भेटवार्ता

काठमाण्डु टुडे २०७९ माघ ५ गते ११:३३ मा प्रकाशित

काठमाण्डु,५ माघ– नेकपा (माओवादी केन्द्र)का केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच वार्ता भएको हो । दुई नेताबीच सभामुख निर्वाचनको पेरिफेरीमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

प्रतिनिधि सभाको सभामुखको निर्वाचन आज हुँदैछ । सत्ता गठबन्धनले एमाले नेता देवराज घिमिरेलाई र विपक्षी गठबन्धनले कांग्रेसकी नेतृ ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us