
काठमाण्डु,४ माघ– सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले सरकारको प्रवक्ताको जिम्मेवारी पाएकी छन् ।
आज बुधबार मन्त्रिपरिषदको बसेको बैठकले मन्त्री शर्मालाई सरकारको प्रक्ताको जिम्मेवारी दिएको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दै शर्मालाई सञ्चारमन्त्रीको जिम्मेवारी दिएका थिए ।