कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्नेछ: महामन्त्री शर्माले

काठमाण्डु टुडे २०७९ माघ ४ गते १७:२३ मा प्रकाशित

काठमाण्डु,४ माघ– कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताएका छन । आज बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताए ।

उनले भने, ‘राष्ट्रपति नेपाली कांग्रेसले प्रस्ताव गरे बमोजिमको व्यक्ति बनुहुनेछ ।’ उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले सकारात्मक जवाफ दिइसक्नुभएके हो भन्ने पत्रकारको जिज्ञासामा महामन्त्री शर्माले भने, ‘अहिलेलाई यति मात्र कुरा गरौं, यसमा धेरै टिप्पणी गर्नु उचित हुँदैन ।

अहिले हामी सभामुखको चरणमा छौं, सभामुखको चरण सकिएपछि जब राष्ट्रपतिको समय आँउने उनले बताएका छन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us