
काठमाण्डु,४ माघ– प्रतिनिधि सभाको सभामुखमा कांग्रेसबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दिने पक्का भएको छ । सभामुखमा उम्मेदवारीका विषयमा कांग्रेसले प्रतिपक्षमा रहेका दलहरुसँग छलफल गरिरहेको छ ।
न्यौपानेले आफूलाई संसदीय दलको कार्यालयमा बोलाइएको बताइन् । छलफल सकिएपछि उम्मेदपवारी दर्ता गर्ने तयारी रहेको छ । यता सता गठबन्धन बाट भने एमाले सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् ।