सर्वदलीय बैठकबाट बाहिरिए केपी ओली

काठमाण्डु टुडे २०७९ माघ ३ गते १८:१० मा प्रकाशित

काठमाण्डु,३ माघ– सर्वदलीय बैठकबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् । प्रधानमन्त्री निवास बालवाटारमा जारी बैठकबाट ओली केहीबेरअघि बाहिरिएका हुन् ।

ओली बाहिरिएपनि अन्य नेताहरुबीच भने छलफल जारी छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ माघमा हुने सभामुखको निर्वाचनका लागि सहमति जुटाउन सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, संसदीय दलका मुख्य सचेतक रमेश लेखक छन् ।

त्यसैगरी एमालेबाट ओली बाहिरिएपनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल बैठकमै छन् । यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि रहेका छन् ।

नेसपाका अध्यक्ष बाबुराम भट्टराई, सञ्चारमन्त्री रेखा शर्मा र गृहमन्त्री रवि लामिछाने लगायतका नेताहरू पनि सहभागी रहेका छन् । बैठकमा खासगरी प्रधानमन्त्रीलाई विश्वासको मत दिने दलको सहभागिता रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us