विमान दुर्घटनामा परेका थप एक जनाको शव भेटियो

काठमाण्डु टुडे २०७९ माघ ३ गते १७:३८ मा प्रकाशित

काठमाण्डु,३ माघ– आइतबार पोखरामा भएको यती एयरको विमान दुर्घटनामा परेका थप एक जनाको शव भेटिएको छ ।

शव दुर्घटनास्थलबाट ३०० मिटर तल सेती नदीमा महिलाको शव भेटिएको हो ।यो सँगै दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिक शाहीले जानकारी दिएका छन ।

मंगलबार बिहानैबाट गोताखोर र ४ वटा ड्रोनको प्रयोग गरेर खोजी थालिएको थियो । ७२ जना चढेको विमान दुर्घटनामा परेका एकजनाको अवस्था अज्ञात छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us