
काठमाण्डु,३ माघ– नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले सबै नेपाली जनताले स्वास्थ्य सेवा पाउने सुनिश्चितता गरिने बताएका छन । आज मंगलबार मन्त्रालयमा पदबहाली गर्दै मन्त्री गिरीले यस्तो बताएका हुन ।
उनले गरिब नेपालीसमेतले स्वास्थ्य सेवा पाउने ग्यारेन्टी गरिने बताएका छन । पदबहाली कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘मन्त्रीको रूपमा मैले गर्नुपर्ने सम्पूर्ण रूपले सहयोग गर्छु तपाईंहरुबाट पनि त्यस्तै सहयोग पाउँछु भन्ने विश्वास लिएको छु ।
स्वास्थ्य क्षेत्रका व्यावहारिक, नीतिगत तथा संरचनागत समस्याहरू के–के हुन् ? के कारणले हामीले प्रभावकारी र चुस्तदुरुस्त ढंगले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सकिरहेका छैनौँ भन्ने विषयमा विभिन्न चरणमा छलफल गरौँला ।
हामी समस्याहरूलाई सुरुमा गहिरो रूपमा समस्याको पहिचान गर्नेछौँ ।’मन्त्री गिरीले कर्मचारीहरूको अनुभवलाई पनि प्रयोग गरिने बताएका छन । उनले कोभिडको महामारीको समयमा स्वास्थ्य सेवाका कर्मचारीले गरेको काम प्रशंसासमेत गरेकाच छन ।